नेशनल लघुवित्त र माया मेट्रो अस्पतालबिच उपचारमा छुट सम्झौता

  मङ्गलबार ०१, असोज २०८१ ०८:२५

धनगढी । नेशनल लघुवित्त वित्तीय संस्था अनुगमन कार्यालय अत्तरिया र धनगढीमा रहेको माया मेट्रो अस्पताल बिच उपचारमा छुट सम्झौता भएको छ। आइतवार संस्थाका अनुगमन अधिकृत अमरेश कुमार कुशवाहा र माया मेट्रो अस्पतालका निर्देशक डा।मोहन साँउदले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड अनुगमन कार्यालय अत्तरिया अन्तरगतका शाखा कार्यालयहरुको कर्मचारी एवम् ग्राहक सदस्यहरुलाई अस्पतालले विभिन्न ७ वटा शिर्षकहरुमा उपचारमा छुट दिने सम्झौता भएको अनुगमन अधिकृत अमरेश कुमार कुशवाहाले जानकारी दिए।

उनका अनुसार अस्पतालले औषधी, बेड चार्ज, इनभेस्टिगेशन, अपरेशन, इन्डोस्कोपी, सिटि स्केन, टि.एम.टि लगायतका सेवाहरुमा छुट दिनेछ। उक्त सम्झौता अवधी एक वर्षको रहेको र सो अवधीमा कम्तीमा ५ प्रतिशत देखि १५ प्रतिशतसम्म अस्पतालले छुट दिने अमरेश कुमार कुशवाहाले बताए।

clock मङ्गलबार ०१, असोज २०८१ ०८:२५

प्रतिक्रिया