कञ्चनपुर कारागारमा झडप: छानबिन समिति गठन हुँदै
धनगढी । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा ८ जना घाइते भएका छन् । कारागारको आन्तरिक प्रशासन चलाउने नाइके र चौकीदारसंग अन्य कैदीबन्दीको शुक्रबार बेलुका झडप हुँदा ८ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सागर बोहराका अनुसार घाइते सबैको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको डीएसपी बोहराले बताए ।
"कारागारमा रहेका नाइके र चौकीदारले व्यवहारमा विभेद गरेको भन्दै सुरु भएको विवाद झडपमा परिणत भएको हो," डीएसपी बोहराले भने, "अहिले भने कारागारको अवस्था सामान्य छ ।"
यता प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले घटनाको छानबिनका लागि समिति गठन गर्ने बताए । "कारागारको आन्तरिक प्रशासनमा केही कैफियत देखिएको छ," सिडिओ ढकालले भने, "छानबिन समितिले सबै पत्ता लगाउछ ।"
प्रतिक्रिया