गण्डकी सरकारले पायो पूर्णता, दीपक मनाङेसहित ४ मन्त्री थपिए

  शुक्रबार २९, बैशाख २०८० १३:५१

पोखरा । गण्डकी प्रदेश सरकारमा दीपक मनाङे भनिने राजीव गुरुङसहित चारजना मन्त्री थपिएका छन् । मुख्यमन्त्री  सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट दुई तथा माओवादी र एकीकृत समाजवादीका १(१ जनालाई मन्त्री नियुक्त गरेका हुन् । 

कांग्रेसबाट महेन्द्रध्वज जिसी र दिपेन्द्रबहादुर थापा, एकीकृत समाजवादीबाट राजीव गुरुङ ९दीपक मनाङे० र माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन् । यो सँगै गण्डकीको मन्त्रिपरिषद ७ सदस्यीय भएको छ ।

नवनियुक्त मन्त्रीको शपथ आजै अपरान्हका लागि तय गरिएको छ । नयाँ मन्त्रीले पाउने मन्त्रालय सार्वजनिक गरिएको छैन ।

एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट पाण्डे गत वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए । त्यसबेला उनले कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री बनाएका थिए ।

मनाङे स्वतन्त्र रुपमा चुनाव जितेपछि पछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनी चौथो पटक मन्त्री बनेका हुन् । नवलपुरका जिसी यसअघि मुख्यमन्त्रीका दाबेदार थिए । माओवादीका जुग्जाली अघिल्लो सरकारमा पनि  पर्यटनमन्त्री थिए ।

यो सँगै ७ गण्डकीको मन्त्रिपरिषदले पुर्णता पाएको छ । यसअघि १२ सदस्यीय रहेको मन्त्रिपरिषद एमालेका मुख्यमन्त्री अधिकारीले ७ मा झारेका थिए । नयाँ मुख्यमन्त्रीले पनि त्यसलाई नै निरन्तरता दिएका हुन् ।

clock शुक्रबार २९, बैशाख २०८० १३:५१

प्रतिक्रिया