सरकारमा सगैं भएपनि काग्रेंस र एमाले प्रतिस्प्रधी हौँ : गृहमन्त्री लेखक

  बिहिबार २०, भदौ २०८१ १६:२२

धनगढी । गृहमन्त्री रमेश लेखकले नेपाली काग्रेंस र एमालेले चुनावी गठबन्धन नगर्ने निर्णयको स्मरण गराएका छन् । बिहिबार नेपाली काग्रेंस कैलालीले आयोजना गरेको कार्यक्रता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लेखकले काग्रेंस एमाले मिलेर सरकार बनेपनि चुनावमा प्रतिस्प्रधीनै रहने बताए । 

लेखकले बिषेश परिस्थतीमा एमाले र काग्रेंस मिलेर सरकार बनेको बताए । सरकार अस्थिर बन्ने, महिना, महिनामा मुख्यमन्त्री फेरिने परिस्थितीको अन्त्य गर्नुका साथै बिभिन्न बिषय सम्बोधनका लागी काग्रेंस र एमाले मिलेर सरकार बनेको लेखकले बताए । 

कार्यक्रतालाई सम्बोधन गर्दै लेखकले सरकारलाई स्थिरता दिन र केही महत्वपुर्ण कामकै लागी एमाले, काग्रेंस मिलेको बताउदै बताए । सरकारमा सगैं हुँदा त्यही किसिमले प्रदेश र स्थानिय तहमापनि काम गर्न उनले निर्देशन दिए । यसका साथै चुनावी प्रतिस्प्रधी दल भएका कारण दुइटै कुरालाई ध्यानमा राख्न उनले आग्रह गरे ।

गृहमन्त्री लेखकले दुई ठुला दल मिलेर सरकार बनाउँदा धेरै सकारात्मक काम शुरु भएको बताए । लेखकले दुई ठुला दल मिल्दा जनतामा आत्मबिश्वास बढेको दाजी गरे । दुई दलले देशमा शान्ति शुरक्षा, शुसासन कायम गर्नुका साथै देशको बिकास र सम्बृद्धी तर्फ कार्यक्रम केन्द्रित गरेको लेखकले बताए । 

सरकार बनेको एक महिना भित्रै १८ बर्षदेखी रोकिएको संक्रमणकालिन न्याय सम्बन्धी बिधेयक पारित गर्नु सरकारको ठुलो उपलब्धी रहेको उनले दावी गरे । लेखकले अब शान्ति प्रक्रिया सम्बन्धी रोकिएका सबै समस्या समाधान हुने बताए । यि सगैं अर्थतन्त्रमा सुधार भएर नयाँ सरकारको सकारात्मक लक्षण देखिएको उनले बताए ।

गृहमन्त्री लेखकले नेपाली काग्रेंस र एमाले बिच भएको सहमती अक्षरस पालना हुने दावी गरे । कैलाली जिल्लाको शान्ति शुरक्षा लगायत बिभिन्न बिषयमा नेपाली काग्रेंस कैलाली जिल्ला सचिव नृप सुनारले राखेको मागका बिषयमा बोल्दै लेखकले जिल्लामा आवश्यक पर्ने प्रहरी चौकी स्तरोन्नती, सिमा नाका लगायतका बिषयमा सक्दो बजेट ब्यवस्थापन गर्ने उनको प्रतिबद्धता थियो ।

clock बिहिबार २०, भदौ २०८१ १६:२२

प्रतिक्रिया