निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

  बिहिबार २०, भदौ २०८१ ११:५२

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धनान गरिने बताएका छन् । ‘अनुसन्धान जारी रहन्छ, सुक्ष्म ढङ्गले अनुसन्धान हुन्छ, राम्रोसंग अनुसन्धान हुन्छ’ प्रेस युनियन कञ्चनपुरले आज (बिहीबार) विहान गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भने । 

गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरण देशको लागि चासो र चिन्ताको विषय भएको उल्लेख गरे । गृहमन्त्री भएपछि लेखक पहिलो गृह जिल्ला आएका हुन् । उनी आज काठमाडौ फर्किने कार्यक्रम छ ।

भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया पन्तको ६ वर्ष अघि २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । पन्तको हत्यारालाई कारवाहीको माग गर्र्दै महेन्द्रनगरमा २२ दिनसम्म आन्दोलन चलेको थियो ।

निर्मला हत्याका विषयमा प्रहरीले अहिलेसम्म एक हजार भन्दा बढीसँग सोधपुछ र झण्डै एक सय जनाको डिएनए परीक्षण गरिसकेको छ ।

clock बिहिबार २०, भदौ २०८१ ११:५२

प्रतिक्रिया