डडेल्धुरा अस्पतालको अध्यक्षमा पुनः लक्ष्मण सिंह

  बिहिबार २८, बैशाख २०८० १३:००

डडेल्धुरा । डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मणबहादुर सिँह नियुक्त भएका छन्।

सिंहलाई विकास समितिको अध्यक्षमा नियुक्त गरिएको पत्र अस्पतालमा पुगेको छ।

डडेल्धुरा अस्पताल विकास समितिमा एक कार्यकाल अध्यक्ष भइसकेका सिँहको यो तेस्रो कार्यकाल हो।

मन्त्रीस्तरको निर्णयले उनलाई अध्यक्षमा नियुक्त गरेको आधिकारिक पत्र बिहीबार मात्रै अस्पतालमा पुगेको अस्पताल प्रशासनले जनाएको छ । 

डडेल्धुरा अस्पताल संघीय सरकारको मातहतमा रहेको सुदूरपश्चिमको एक मात्र अस्पताल हो।

clock बिहिबार २८, बैशाख २०८० १३:००

प्रतिक्रिया