कैलालीको भजनीमा करेन्ट लागेर एक महिला घाइते

  बिहिबार १३, भदौ २०८१ ०८:२८

धनगढी । कैलालीमा करेन्ट लागेर एक जना महिला घाइते भएकी छिन । बुधबार करेन्ट लागेर भजनी नगरपालिका – ६ बसाह की ३५ वर्षीय अनिता डगौरा घाइते भएकी हुन ।

उनी आफ्नै घरमा झाडु लगाउने क्रममा स्टेन पंङ्खाबाट करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

clock बिहिबार १३, भदौ २०८१ ०८:२८

प्रतिक्रिया