धनगढीमा मोटरसाइकल चालक फरार

  मङ्गलबार ११, भदौ २०८१ १३:५४

धनगढी । कैलालीको धनगढीमा आज विहान मोटरसाइकल पल्टिएको छ।

धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडीस्थित सहिद गेटबाट शिवनगरतर्फ जादै गरेको धनगढी–१ शिवनगरका २९ वर्षीय रामप्रसाद चौधरीले चलाएको बा ८९ प १०८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो।

मोटरसाइकल पछाडि सवार २४ वर्षीय अजय चौधरी घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन्।

clock मङ्गलबार ११, भदौ २०८१ १३:५४

प्रतिक्रिया