पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

  बुधबार २७, बैशाख २०८० १५:३३

काठमाडौँ । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । 

काठमाडौं प्रहरी परिसरबाट केही बेरअघि उनलाई म्याद थपका लागि अदालत लगिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो ।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । 

प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए ।

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।

clock बुधबार २७, बैशाख २०८० १५:३३

प्रतिक्रिया