सुदूरपश्चिममा मुख्यमन्त्री शाहसँगै मुख्य न्यायाधिवक्ताको पनि पुनरागमन

  बुधबार ३०, साउन २०८१ १९:५३

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधवार (आज) प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नजिर मियाँको उपस्थितिमा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तीसिंह थापाले जोशीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख मियाँले जोशीलाई आइतवार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए। 

धनगढी उपमहानगरपालिका–२ घर भएका जोशी यसअघि पनि मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा ८ महिना मुख्य न्यायाधिवक्ता बनेका थिए।
 

clock बुधबार ३०, साउन २०८१ १९:५३

प्रतिक्रिया