गोदावरीमा सर्पले डसेर एक बालकको मृत्यु
अत्तरिया । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१० मा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–१० खमौराका ५ वर्षीय अखिल मालीको सर्पले डसेर मृत्यु भएको हो ।
सोमबार बिहान ४ बजेको समयमा सुतीरहेको बेला सर्पले डसेका मालीको नोभा अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालखेतीले जनाएको छ ।
उनी गोदावरी–३ मा रहेको खप्तड विद्या निकेतनमा कक्षा युकेजीमा अध्ययनरत थिए ।
बालकको मृत्यु प्रति शोक प्रकट गर्दै खप्तड विद्या निकेतनले आज विद्यालयका सबै नियमित कार्यक्रमहरु स्थगीत गरेको छ ।
प्रतिक्रिया