प्रदेश सभाको पाँचौ अधिवेशन साउन २७ बाट

  शुक्रबार २५, साउन २०८१ १५:४६

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले आगामी २७ गते दिउँसो २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन्। 

सरकारको सिफारिसमा प्रदेश नजिर मियाँले बुधबार रातिदेखि विशेष अधिवेशनको अन्त्य गरेका थिए। विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर संकलन सम्बन्धी अध्यादेश ल्याएको थियो। उक्त अध्यादेश हिजो प्रमाणीकरण भइसकेको छ। 

शुक्रवार पुनस् सरकारले सिफारिस गरेपछि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ। आइतवार मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन बोलाइएको हो। 

आइतबार प्रदेश सभा बैठक आह्वान गरिएको र त्यसलगत्तै मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ। काँग्रेसका १८ र एमालेका ११  र नागरिक उन्मुक्ति पार्टीका सांसदको समर्थनमा शाह मुख्यमन्त्री भएका हुन्।

clock शुक्रबार २५, साउन २०८१ १५:४६

प्रतिक्रिया