सुदूरपश्चिमकी चन्दले युवा संघ केन्द्रीय सचिवबाट दिइन् राजीनामा, यस्तो छ कारण

  बुधबार २७, बैशाख २०८० ०९:४३

धनगढी । राष्ट्रिय युवा संघ नेपालकी सचिव विष्णा चन्दले आफूमाथि अपमान भएको भन्दै पदबाट राजीनामा दिएकी छन् ।आफू माथि महिला भएकै कारण अपमान भएको उल्लेख गर्दै चन्दले राजीनामा दिएको जनाएकी छन् ।

कुनैपनि किसिमका अपमान स्वीकार्य नहुने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएको पत्रमा उल्लेख छ । उनी संघको नवौं महाधिवेशनबाट महिलातर्फको सचिव बनेकी थिइन् । उनी सुदूरपश्चिमकी हुन् ।

आफूले २०६४ सालदेखि संघको विभिन्न जिम्मेवारी निभाउँदै यहाँसम्म आइपुगेको जनाउँदै सचिवबाट पदाधिकारी सरह भनेर सदस्यको व्यवहार गरिएकोमा आफ्नो असहमति रहेको उनले उल्लेख गरेकी छन् ।

clock बुधबार २७, बैशाख २०८० ०९:४३

प्रतिक्रिया