काँग्रेस सभापति देउवा र मुख्यमन्त्री शाह बिच भेट, के के भयो कुरा ?
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह लगायतका नेताहरूले काँग्रेस सभापति शेर बहादुर देउवालाई भेटेका छन् ।
प्रदेशमा सरकार विस्तारमा शीर्ष नेताहरूलाई सहमति गर्न दबाब दिँदै मुख्यमन्त्री शाह सहित भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, माओवादी संसदीय दलका नेता खगराज भट्ट, माओवादीका सांसद ओम विक्रम भाट सरल र अक्कल रावलले आज काँग्रेस सभापति देउवालाई भेटेका हुन् ।
भेटका क्रममा प्रदेशमा सरकार विस्तारमा ढिलाइ भइरहेको र त्यसलाई अघि बढाउन केन्द्रबाटै सहमति गर्नुपर्ने बताएका थिए । प्रदेशमा धेरै पार्टी भएको हुँदा सहमति गर्न कठिन भएको भन्दै केन्द्रबाटै भागबन्डा टुङ्गो लगाउन आग्रह गरिएको भेटमा सहभागी एक नेताले जानकारी दिए ।
देउवालाई मुख्यमन्त्री शाह र माओवादी संसदीय दलका नेता भट्टले सरकार विस्तारमा भइरहेको ढिलाइ बारे जानकारी गराएका थिए। सभापति देउवाले आजै भागबन्डा टुङ्गो लगाउने आश्वास दिएका थिए । ‘प्रदेश सरकालाई पूर्णता दिने बारे आजै प्रधानमन्त्रीसँग कुरा गर्छु’, देउवाले भनेका थिए ‘जति ढिलो हुनु भयो अब हुन्न ।’
प्रतिक्रिया