खगराज भट्ट मन्त्री नबन्ने, माओवादीबाट दुई मन्त्री र एक जना राज्यमन्त्री बन्ने

  मङ्गलबार २६, बैशाख २०८० १७:०४

धनगढी । सुदूर पश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रले दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीका रुपमा पठाउने सहमती भएको छ ।

माओवादीको संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा माओवादी सरकारमा जाने चर्चा हुने गरेको भएपनि अन्तिममा भट्टले सरकारमा मन्त्रीका रुपमा जान अस्वीकार गरेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले दुई वर्षपछि मुख्यमन्त्री बनाउने प्रतिबद्धता गरेपछि भट्ट मन्त्री बन्नबाट पछि हटेको बताइएको छ ।

माओवादी केन्द्रबाट अक्कल बहादुर रावल र ओम बिक्रम भाट मन्त्री र लक्ष्मी बिक राज्यमन्त्री बन्ने संभावना छ ।

चार महिनादेखि देखि सुदूर पश्चिम प्रदेश सरकारका चार वटा मन्त्रालय मन्त्री बिहीन छन् ।

clock मङ्गलबार २६, बैशाख २०८० १७:०४

प्रतिक्रिया