रवि लामिछानेले गृहमन्त्री भएको सात दिनमै अर्बौंको चलखेल गरेः भीम रावल

  मङ्गलबार २६, बैशाख २०८० १६:५०

काठमाडौँ । नेकपा एमालेका नेता, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावलले रवि लामिछानले गृहमन्त्री भएको सात दिनमै एक अर्ब भन्दा बढीको चलखेल गरेको आरोप लगाएका छन् । 

काठमाडौंमा भएको एक कार्यक्रममा नेता रावलले आम नागरिकका सम्पूर्ण व्यक्तिगत विवरण हेर्न निजी कम्पनीलाई अनुमति दिएर पूर्वगृहमन्त्री लामिछानेले एक अर्ब भन्दा बढीको कारोबार गरेको आरोप लगाएका हुन् । 

उनले भने, ‘उहाँ गृहमन्त्री भएको सात दिन भित्रै निजी कम्पनीलाई तपाई हाम्रो सम्पूर्ण विवरण हेर्ने अधिकार दिइयो । एक अरब भन्दा बढी रुपैयाँको त्यहाँ कारोबार छ । अनि देशको गृहमन्त्री दुईवटा नागरिकता र दुईवटा राहदानी । अर्को गृह मन्त्री, नक्कली भुटानी शरणार्थी बनाउने । अर्का उपप्रधानमन्त्री त्यही धन्दामा लाग्ने । हाम्रा राज्यका मानिसहरु यी कुराहरुलाई हेर्नु प(यो गम्भीर रुपमा ।’

भुटानी शरणार्थीसम्बन्धि मुद्दा मानव वेचविखन जस्तो गम्भीर अपराध भएको नेता रावलको भनाइ छ । यस प्रकरणमा प्रहरीले आफ्नो भूमिका निर्वाह गरिरहेको भन्दै नेताहरुले अपराधी बचाउने षड्यन्त्र गर्नसक्ने पनि उनले आशंका गरे । 

clock मङ्गलबार २६, बैशाख २०८० १६:५०

प्रतिक्रिया