हिराको ज्यान लिने बाघ २४ घण्टापछि नियन्त्रणमा
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाहलाई मारेर उखुबारीमा पसेको हिंस्रक बाघलाई शुक्रबार नियन्त्रणमा लिएको छ।
बिहीबार अपराह्न ४ बजेदेखि प्रयास गरिरहेको प्राविधिक टोली शुक्रबार बिहान बेहोस हुने सुई लगाएर बाघ समात्न सफल भएको हो।
बेहोस गर्ने सुई लगाएर बाघ नियन्त्रणमा लिइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए।
यसअघि बाघलाई ड्रोनबाट हेरिएको थियो।
प्रतिक्रिया