सुदुरपश्चिममा पुर्व मन्त्री घनश्यामका “पिए” नै अशुली धन्दामा, किसानको २७ लाख ठगी

  बिहिबार १७, साउन २०८१ ०७:१५

धनगढी । सुदुरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिला मन्त्री घनश्याम चौधरीका स्वकिय सचिव शकंर चौधरीले किसानबाट करिब २७ लाख अशुलेका छन् । नागरिक उन्मुक्ती कैलारी गाउँपालिका संयोजक समेत रहेका चौधरीले अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानहरुबाट २६ लाख ४० हजार अशुलेका हुन् । 

कैलारी गाउँपालिकामा विबादित पावर टिलर कार्यक्रममा हाल सुदुरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्ती पार्टी ससंदिय दलका नेता समेत रहेका पुर्व मन्त्री चौधरीका स्वकिय सचिवले ५० प्रतिशत अनुदानमा दिने भन्दै सो रकम अशुलेका हुन् । चौधरीले हसुलियामा आयोजित एक कार्यक्रममा किसानबाट रकम उठाएको स्वूकार गरेका छन् ।

कैलारी गाउँपालिकाका अनुसार पुर्व मन्त्रीका स्वकिय सचिव चौधरीले २२ जना किसानबाट एक लाख २० हजारका दरले रकम संकलन गरेको स्वीकार गरेका छन् । अहिलेपनि चौधरीले किसानबाट रकम उठाउने गरेको पाइएको छ । गाउँपालिकाले उनलाई सो रकम एक हप्ताभित्र फिर्ता गर्ने गरी कागज बनाएको छ । 

किसानको पैँसा दिइएको समय भित्र फिर्ता नगरे कानुनी प्रकृया अगाडी बढाइने गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बताए । कैलारी गाउँपलिकाको सामुदायिक विद्यालयमा अध्यापन गराउदै आएका शिक्षक विनोद चौधरीसँग समेत एक हप्तामा रकम फिर्ता गर्ने कागज बनाएको छ । उनले ९५ किसानबाट एक लाखका दरले रकम उठाइएको छ । 

कैलारी गाउँपालिकामा रहेका किसानहरुलाई अनुदानमा पावर टिल वितरण गर्ने भन्दै रकम उठाएका बाल सशक्तिकरणका अध्यक्ष योगेश योगी भने अझै फरार छन् । उनि अझै गाउँपालिकाको सम्पर्कमा समेत आएका छैनन् । सुरो नेपालका अध्यक्षसँग भने कागज बनाएको छ । कालिमाई सहकारीले भने सबै किसानको रकम फिर्ता गरेको छ ।

clock बिहिबार १७, साउन २०८१ ०७:१५

प्रतिक्रिया