बैतडीमा गरिबी निवारण कोषको ६० करोड रुपैयाँ २२ वर्षदेखि अलपत्र

  बिहिबार १७, साउन २०८१ ०७:१२

बैतडी । बैतडीमा गरिबी निवारण कोषको ६० करोडभन्दा बढी रुपैयाँ अलपत्र परेको छ । स्थानीय तहले गरिबी निवारणको घुम्ती कोष परिचालनसम्बन्धी मापदण्ड बनाउन नसक्दा जिल्लाका एक हजार दुई सय समूहमा रहेको करोडौँ रकम अलपत्र परेको हो । 

विश्व बैङ्कको आर्थिक सहयोगमा २०६० सालमा गठन भएको गरिबी निवारण कोषमार्फत जिल्लाका तत्कालीन ६२ वटा गाउँ विकास समितिमा गरिब घरधुरीको समूह गठन भएको थियो । 

ती गरिब घरधुरीको समूहलाई सामुदायिक संस्थाका रूपमा दर्ता गरी आयआर्जनका लागि प्रतिएक समूहलाई घुम्ती कोषका रूपमा कम्तीमा पाँच लाख दिइएको थियो । जिल्लामा एक हजार दुई सयभन्दा बढी समूह छन् । 

सरकारले २०७५ मा गरिबी निवारण कोष खारेज गरेपछि घुम्ती कोषमा रहेको करोडौँ रुपियाँ परिचालन हुन नसकेको गैरसरकारी संस्था महासङ्घ बैतडीका अध्यक्ष पदमराज अवस्थीले बताए ।

कोष परिचालन गरी ऋण लगानी भएका व्यक्तिबाट असुल गर्नुपर्ने ब्याजदर जोड्दा यो रकम करिब एक अर्ब पुग्न सक्ने उनले बताए । आजको गोरखापत्र दैनिमा खबर छ । 

clock बिहिबार १७, साउन २०८१ ०७:१२

प्रतिक्रिया