कैलारीको छटकपुरमा एक घरमाथि रुख ढल्यो

  बुधबार १६, साउन २०८१ १५:२४

धनगढी । कैलालीको कैलारीमा एक जनाको घरमाथि रुख ढलेको छ।

कैलारी गाउँपालिका–७ छटकपुर वसन्तामा अविरल वर्षाका कारण रुख ढलेर घरमा क्षति पुगेको हो। 

सालको रुख ढलेर स्थानीय सन्तराम चौधरीको घरमा क्षति पुगेको छ।

रुख ढल्दा घरमा भएको अन्नपात नोक्सान भए पनि मानवीय क्षति हुनबाट जोगिएको चौधरीले बताएका छन्।

clock बुधबार १६, साउन २०८१ १५:२४

प्रतिक्रिया