सुदूरपश्चिम सतिह यी प्रदेशमा अत्याधिक भारी बर्षा, बाढी पहिरोको चेतावनी

  बुधबार १६, साउन २०८१ ०६:४६

धनगढी । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर बदली रही सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ ।

त्यस्तै आज राति देशभर बदली रही सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बिहीबार दिउँसो देशभर बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा  मधेश प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती, गण्डकी, कर्णाली  र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

बिहीबार राति देशभर बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

शुक्रबार देशभर बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती र कर्णाली  प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

त्यस्तै शुक्रबार राति देशभर बदली रही कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

clock बुधबार १६, साउन २०८१ ०६:४६

प्रतिक्रिया