सुदूरपश्चिमका यी नदीमा पानीको बहाव बढ्न सक्ने

  मङ्गलबार १५, साउन २०८१ १०:०८

धनगढी । आज बिहानको मापनअनुसार सुदूरपश्चिम प्रदेशमा रहेका नदीहरूमा पानीको बहाव बढ्न सक्ने देखिएको छ । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज अछाम, बझाङ, दार्चुला, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

आज कर्णाली, महाकाली र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको छ ।

अछाम, बझाङ, दार्चुला, डोटी  र आसपासका जिल्ला भई बहने अधिकांश साना नदीहरूमा बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

clock मङ्गलबार १५, साउन २०८१ १०:०८

प्रतिक्रिया