धनगढीका एक्सीस विद्याआश्रमका शिक्षकले विद्यार्थी कुटेको आरोप

  मङ्गलबार १५, साउन २०८१ ०६:५९

धनगढी । कैलालीको धनगढीमा एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–५ को एक्सीस विद्याआश्रमका संयोजकले कक्षा ६ मा अध्ययन गर्दै आएका प्रविन विष्टलाई कुटेका हुन्। 

प्रविनका बुवा अमर विष्टका अनुसार छोरामाथि चोरीको आरोपमा शिक्षक पुष्पराज जोशीले निलडाम हुने गरी सोमवार कुटपिट गरेका हुन्। प्रविनले आमाबाट ५० रुपैयाँ मसी खरिदका लागि लिएका थिए। तर, विद्यालयमा शिक्षकले रुपैयाँ चोरीको आरोपमा कुटेको अमर विष्टले बताए। 

उनले भने, 'बाबुको आमाले ५० रुपैयाँ दिएको हो। मसी खरिदका लागि आमासँग मागेको रहेछ। स्कुलमा सबैलाई बाहिर जान नमिल्ने रहेछ। साथीलाई मसी खरिद गर्न पैसा दिएछ। पछि रुपैयाँ कताबाट आयो भनेर बाबुलाई पुष्पराज जोशी नाम भएका शिक्षकले कुटपिट गर्नु भएछ। विद्यालयमा फोन गरेको थिए। सामान्य कुटेको भन्नु भयो। तर, बाबुको शरीरमा निलडामहरू छन्।’ 

यता, शिक्षक जोशीले सामान्य विषय भएको प्रतिकृया दिएका छन्। उनले प्रविनले जङ्फुडहरू खाने गरेको र १०० रुपैयाँ साथमा देखेपछि कार्यालयमा बोलाएर सोधेको बताए। जोशीले भने, ‘घरबाट ५० रुपैयाँ ल्याएको रहेछ। हिजोबाट जङ्गफुडहरू खाँदै थियो। आज पनि १०० रुपैयाँ देखेपछि सोधेको थिए। सामान्य कुरो हो। केही होइन।’

clock मङ्गलबार १५, साउन २०८१ ०६:५९

प्रतिक्रिया