कैलालीमा भिनाजुले ६ वर्षीया सालीलाई करणी गरेपछि......

  आइतबार १३, साउन २०८१ १९:०२

धनगढी । कैलालीमा ६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको चुरे गाउँपालिकाका एक १४ वर्षीय किशोरलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु दुवै जना नातामा साली–भिनाजु पर्छन्। किशोरले जबरजस्तीकरणी गरेपछि बालिकाको स्वास्थ्यमा समस्या देखिएको थियो। त्यसपछि आइतबार उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो।

उपचारका क्रममा घटनाबारे प्रहरीलाई जानकारी भएको थियो। बालिकामाथि जबरजस्तीकरणी गरेको खुलेपछि आरोपित किशोरलाई पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक९एसपी० पदमबहादुर बिष्टले जानकारी दिए।

अहिले घटनाबारे अनुसन्धान भइरहेको छ। पीडक किशोर र पीडित बालिकाका परिवार नातेदार भएका कारण किटानी जाहेरी दिन मानेका छैनन्।

clock आइतबार १३, साउन २०८१ १९:०२

प्रतिक्रिया