कैलालीको फुलबारीमा मोटरसाइकल ठोक्किदा कुल प्रसादको मृत्यु, अस्वीन आइसियुमा

  आइतबार १३, साउन २०८१ ०६:५१

धनगढी । धनगढीमा मोटरसाइकल एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १४ फुलबारीमा मोटरसाइकल एक आपसमा ठोक्किदा घाइते भएका दुई जना मध्ये एकजनाको निसर्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

से २ प ४७२९ नम्बरको मोटरसाइकल र से २ प २६५३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा धनगढी उपमहानगरपालिका १४ डि गाउँका अस्वीन पौडेल र कुल प्रसाद पङ्गाली घाइते भएका थिए । 

घाइते भएका कुल प्रसाद पङ्गालीको उपचारको क्रममा निसर्ग अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कैलालीले जनाएको छ । यस्तै अर्का मोटरसाइकल चालक अस्वीन पौडेलको निसर्ग अस्पतालकै आइसियु कक्षमा उपचार भइरहेको छ ।

clock आइतबार १३, साउन २०८१ ०६:५१

प्रतिक्रिया