दुर्घटना न्यूनीकरणमा भूमिका खेल्ने फूलबारीका दुई चालकलाई ट्राफिक प्रहरीद्वारा सम्मान

  शनिबार १२, साउन २०८१ १३:२३

धनगढी । ट्राफिक नियमको पालना गरि सवारी दुर्घटना न्यूनीकरणमा भूमिका खेल्ने चालकलाई सम्मान गरिएको छ ।

साथै सडक क्षेत्रमा ट्राफिक सचेतना सम्बन्धि संकेतसहित बोर्ड समेत राखिएको छ ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट फूलबारीका प्रमुख प्रहरी हवल्दार सिद्वराज बिष्टको अगुवाइमा सम्मान, सांकेतिक बोर्ड राख्ने र सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा ट्राफिक नियमको पालना गरि दुर्घटना न्यूनीकरणमा भूमिका खेल्ने धनगढी-१४ का अटो चालक जितबहादुर बिक र धनगढी-१८ की गौरी चौधरीलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

धनगढी उपमहानगरपालिका-७, १८ र १९ को बेलीदेखि फूलबारी चोक र २५ घरसम्म ट्राफिक संकेतसहितको बोर्ड राखिएको छ ।

clock शनिबार १२, साउन २०८१ १३:२३

प्रतिक्रिया