रास्वपा गोदावरीको नगर सभापतिमा दिपक ओझा चयन

  सोमबार २५, बैशाख २०८० १४:००

अत्तरिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी को नगर सभापतिमा गोदावरी- २ का युबा  दिपक ओझा चयन भएका छन् ।

अत्तरियामा भएको नगर सम्मेलनले ओझालाई सर्ब सम्मत रूपमा अध्यक्ष चयन गरेको हो । यस्तै समितिको उपाध्यक्षमा सरस्वती कुमारी धामी, सचिबमा  मानदेब पनेरु चयन भएका छन् ।

ओझा बिगत लामो समय देखि सामाजिक संस्था 3DVL क्रियसन, सहकारी र संचार क्षेत्रमामा आबद्ध थिए । ओझासंगै अत्तरियाको अग्रणी ट्रेनिङ संस्था प्लानेट भिटीका संस्थापक पुष्कर शर्मा जोशी र उनको समुह पनि रास्वपामा सकृय हुने भएको छ  ।

यस अघि उक्त समुहले स्वतन्त्र रूपमा नै यस क्षेत्रमा विभिन्न सामाजिक मुद्दा उठाउँदै आएको थियो । नगर सम्मेलनमा रास्वपाका प्रदेश अध्यक्ष इन्जिनियर प्रकाश बहादुर बिष्ट, प्रदेश उपाध्यक्ष सृष्टि महरा, प्रदेश कोषाध्यक्ष जसु भट्ट लगाएतको सहभागीता रहेको थियो ।

बक्ताहरुले गोदावरीमा रास्वपा मा संगठित हुने क्रम बढेकाले आगामी २०८४ को निर्बाचनलाई केन्दृत गरेर आफ्ना अभियान अघि बढाइने बताएका छन् ।

clock सोमबार २५, बैशाख २०८० १४:००

प्रतिक्रिया