सबै सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न सांसद आरजु राणाको माग
काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सबै सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्नुभएको छ ।
आइतबार प्रतिनिधि सभको बैठकमा बोल्दै राणाले आफूसहित सबै सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्नुभएको हो ।
उहाँले आफूले केही नबिराएको कुनै गल्ती नगरेको दाबी गर्दै संसद्मा आफू नभएका बेला आफ्नो नाम जोडेर बिभिन्न प्रश्नहरु उठाइएको भन्दै त्यसप्रति आपत्ति समेत जनाउनुभयो ।
सांसद राणाले बिगतको भन्दा कसको कति सम्पत्ति बढ्यो रु कति घट्यो रु भन्ने बिषयमा छानबिन गर्न पनि माग गर्नुभयो । तथ्यभन्दा बाहिर गएर जथाभावी नबोल्न र भाषण नगर्न पनि सांसद राणाले आग्रह गर्नुभयो ।
उहाँले आफ्ना श्रीमान शेरबहादुर देउवा जतिपटक प्रधानमन्त्री हुनुभयो त्यत्ति नै पटक सरकारलाई सम्पत्ति विबरण बुझाएको भन्दै सरकारसँग त्यो सुरक्षित रहेको भन्दै सबै सांसदको सम्पत्ति विबरण वेबसाइटमा राख्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया