नवनियुक्त मन्त्री आचार्यद्वारा पद तथा गोपनियताको सपथ

  आइतबार २४, बैशाख २०८० १५:२८

काठमाडौं । नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले पद तथा गोपनियताको सपथ गर्नुभएको छ ।
आईतबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले आचार्यलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसको सिफारिसमा आचार्यलाई आईतबार नै मन्त्री नियुक्त गर्नुभएको थियो ।

हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आउनु भएका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई भने खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मा दिइएको छ ।

खानेपानी मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हाल्दै आउनु भएको थियो ।प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तार गरेको यो दशौं पटक हो ।

clock आइतबार २४, बैशाख २०८० १५:२८

प्रतिक्रिया