दार्चुलाबाट ५ जुवाडे रंगेहात पक्राउ

  बुधबार २६, असार २०८१ ०७:२९

दार्चुला । दार्चुलाबाट प्रहरीले ७ जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । मंगलबार राती गोप्य सूचनाको आधारमा महाकाली नगरपालिका –४ जिपपार्क स्थित बिरेन्द्र वन गेष्ट हाउसमा प्रहरीले छापा हान्दा ७ जुवाडे रंगेहात पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेतकोट नगरपालिका – ९ का ४० वर्षीय खडक बहादुर मल्ल, डडेल्धुराको पर्शुराम नगरपालिका – ९ का ३८ वर्षीयअंगद बोहरा, बैतडीको सुर्नया गाउँपालिका – १ का ३८ वर्षीय दिपक चन्द, दार्चुलाको महाकाली नगरपालिका –४ का ३५ वर्षीय पुरन राम खत्री र सोही ठाउँका ३५ वर्षीय प्रेम दत्त जोशी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले १ लाख २२ हजार ४७० रुपैयाँ र २ गड्डी तास बरामद गरिएको जनाएको छ ।

clock बुधबार २६, असार २०८१ ०७:२९

प्रतिक्रिया