नियुक्त भएको साता बित्दापनि पाएनन् सुदूरपश्चिमका ५ मन्त्रीले जिम्मेवारी

  सोमबार ०३, असार २०८१ ०८:३४

धनगढी । सुदूरपश्चिम प्रदेशका ५ मन्त्रीहरुले जिम्मेवारी पाएका छैनन् । गत जेठ २८ गते मन्त्री नियुक्त भएका ५ जनाले अझैँ जिम्मेवारी पाएका छैनन् । आर्थिक मामिला मन्त्री शुरेन्द्र पाल र सामाजिक बिकास मन्त्री ओम बिक्रम भाट सहित ७ मन्त्रीले २८ गते प्रदेश प्रमुख नजिर मियाबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।

दुई जनाले सोही दिन मन्त्रालयको जिम्मेवारी पाएपनि अन्य ५ जनाको मन्त्रालय अझैँ टुगों लागेको छैन । माओवादीका अक्कल रावल, लक्ष्मी बि.क, एमालेका बिर बहादुर थापा, हिरा सार्की र एकिकृत समाजवादीका माया पन्तले अझैँ जिम्मेवारी पाएका छैनन् ।

श्रोतका अनुसार माओवादीका अक्कल रावलले उधोग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने छन् । माओवादीकै लक्ष्मी बि।कले सामाजिक बिकास मन्त्रालय फुटाएर बन्ने शिक्षा, युवा, खेलकुद तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी पाउने माओवादी श्रोतले बताएको छ ।

यस्तै एमालेका बिर बहादुर थापाले भौतिक पुर्वाधार बिकास मन्त्रालय फुटाएर बन्ने सहरी बिकास तथा सिचाई जलश्रोत मन्त्रालय तथा हिरा सार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना बढी छ ।

एकिकृत समाजवादीबाट मन्त्री बनेकी माया पन्त मुख्यमन्त्री तथा मन्त्रीपरिषदकै कार्यालयमा बिना बिभागिय मन्त्रीको रुपमा रहने श्रोतको दावी छ ।

नियुक्त भएको एक साता पुग्दासम्म जिम्मेवारी नपाएपछि मन्त्रीहरु काम बिहिन बनेका छन् । तर मुख्यमन्त्री दीर्घ सोडारी भने एक÷दुई दिनभित्रै मन्त्रीहरुले जिम्मेवारी पाउने दावी गर्छन् ।

clock सोमबार ०३, असार २०८१ ०८:३४

प्रतिक्रिया