धनगढीको नवजीवन अस्पताल सामाजिक सुरक्षा कोषमा आवद्ध

  बुधबार ३०, जेठ २०८१ ०६:५३

धनगढी । सुदूरपश्चिमको निजी क्षेत्रबाट संचालित पहिलो नवजीवन अस्पताल सामाजिक सुरक्षा कोषसँग आवद्ध भएको छ । 

अस्पताल सामाजिक सुरक्षा कोषसँग आवद्ध भएर सेवाहरु सुरु भएको अस्पतालका सिईओ चक्र खठायतले जानकारी दिए । 

सामाजिक सुरक्षा कोषद्वारा उपलब्ध गराइएको एसएसएफ आईडी कार्डबाट स्वास्थ्य सेवा लिन सकिने अस्पतालले जनाएको छ । 

त्यसैगरी, सुदूरपश्चिमको कैलालीको लम्की चुहामा रहेको लालरत्न अस्पताल पनि सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ ।

clock बुधबार ३०, जेठ २०८१ ०६:५३

प्रतिक्रिया