परराष्ट्रमन्त्री एनपी साउद लण्डनमा
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन पुगेका छन्। मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्रालयका सचिवका विशेष प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासका अधिकारीलगायतले लण्डनको हिथ्रो बिमानस्थलको अति विशिष्ट कक्ष विन्सर स्विटमा स्वागत गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।
परराष्ट्रमन्त्री साउदले आज बकिङ्घम दरबारमा विदेशी प्रतिनिधिको सम्मानमा आयोजना गरिएको राजा चार्ल्सको स्वागत समारोह र वैशाख २३ गते वेस्टमिन्स्टर एब्बेमा राज्याभिषेक समारोहमा भाग लिने कार्यक्रम रहेको दूतावासका प्रवक्ता रोशन खनालले जानकारी दिए।
मन्त्री साउदले बेलायत भ्रमणका क्रममा केही औपचारिक भेटघाट गर्ने कार्यक्रमका साथै बेलायतमा रहेका नेपालीसँग अन्तक्र्रिया कार्यक्रमसमेत गर्ने रहेको बताइएको छ । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कनुहुने तालिका छ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
                        
                        
प्रतिक्रिया