फुलबारी जेसिसको आयोजनामा फुलबारीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने

  बुधबार २३, जेठ २०८१ १५:३३

धनगढी ।  धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । फुलवारी जेसिजको आयोजना र माया मेट्रो अस्पतालको सहकार्यमा यही जेठ २६गते स्वास्थ्य शिविरको आयोजना हुन लागेको हो । 

ग्रामीण क्षेत्रमा बस्ने सर्बसाधरणको घर आँगनमै स्वास्थ्य सेवा पुर्‍याउने उद्श्यले निःशुल्क शिविरको आयोजना गरेको फुलवारी जेसिजका अध्यक्ष सुरज गिरीले जानकारी दिए ।

उनका अनुसार उक्त शिविरमा माया मेट्रो हस्पिटलका वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा.रवीन्द्र देव भट्ट,वरिष्ठ फिजिसियन डा.सन्तोष पाण्डे, वरिष्ठ बाल शल्य चिकित्सक डा. सुलोचना दाहाल,वरिष्ठ हाडजोर्नि तथा नशा रोग विशेषज्ञ डा. विकास पाण्डे,  वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा. सविन कँडेल, वरिष्ठ रेडियोलोजिष्ट डा.विवेक गुरुङको सहभागिता रहने जनाएको छ ।

 शिविरमा निःशुल्क भिडियो एक्स-रे,निःशुल्क सुगर, रगत जाँच, निःशुल्क औषधी समेत वितरण गरिनेछ । शिविर  फुलबारी स्थित फुलवारी मा.वि. वडा नम्बर १९ को प्राङ्गणमा बिहान ८ बजे देखि दिउँसो ४ बजे सम्म सञ्चालन हुनेछ ।

clock बुधबार २३, जेठ २०८१ १५:३३

प्रतिक्रिया