नेपालका अब्बल क्रिकेटर सन्दीपले भिसा नपाएपछि सरकारलाई रावलको प्रश्न

  शुक्रबार ११, जेठ २०८१ ०६:४२

धनगढी । नेपालस्थित अमेरिकी दूतावासले नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएपछि एमाले नेता भीम रावलले सरकारलाई प्रश्न गरेका छन् ।

रावलले देशका अब्बल खेलाडीको सहभागिताका लागि कूटनीतिक प्रयास गर्नु सरकारको कर्तव्य भएको भन्दै सरकारले गरिरहेको प्रयासको बिषयमा प्रश्न गरेका हुन।

उनले सरकारले सार्वजनिक रूपमा स्पष्ट गर्ला कि ? भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।

अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप टी २० क्रिकेट प्रतियोगितामा जान भिसा लिन दूतावास पुगेका सन्दीपले भिसा पाएका थिएनन् ।

यसैलाई लिएर नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अमेरिकी दूतावासको सामाजिक सञ्जालमा व्यापक आलोचना गरेका छन् ।

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकामा हुने क्रिकेट खेलमा भाग लिन प्रवेश आज्ञा नदिएपछि आफ्नो देशका अब्बल खेलाडीको सहभागिताका लागि कूटनीतिक प्रयास गर्नु सरकारको कर्तव्य हो। नेपाल सरकारले के कस्तो प्रयास गरेछ त ? सरकारले सार्वजनिक रूपमा स्पष्ट गर्ला कि ?

clock शुक्रबार ११, जेठ २०८१ ०६:४२

प्रतिक्रिया