निसर्ग हस्पिटलद्धारा डोटीको चौतारामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १९४ जना बालबालिका लाभान्वित

  शुक्रबार ०४, जेठ २०८१ ०८:२६

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवरा चौतारामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर धनगढीको आयोजना तथा बोगटान फुड्सिल गाउँपालिका र ७ नम्बर वडा कार्यालयको सहयोगमा चवरा चौतारा स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको हो ।

शिविरमा सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत वरिष्ठ नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर प्रदीप मिश्रले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरेका थिए । निःशुल्क स्वास्थ्य शिविरमा १ सय ९४ जना बालबालिकाले सेवा लिएका थिए । 

शिविरबाट बालबालिकामा कुपोषण, निमोनिया, दम, ग्याष्टीक, मानसिक समस्या, जन्मजात विकलाङ्ग लगायतका समस्या देखा परेका थिए । शिविरमा बिरामीलाई निःशुल्क औषधी पनि वितरण गरिएको  थियो । 

clock शुक्रबार ०४, जेठ २०८१ ०८:२६

प्रतिक्रिया