राष्ट्रपति पौडेलले उपचार खर्च आफैं व्यहोर्ने

  मङ्गलबार १९, बैशाख २०८० १२:५५

काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च आफैंले व्यहोर्ने भएका छन्।

मंगलबार प्रेस नोट जारी गर्दै राष्ट्रपतिको  स्वकीय सचिवालयले पौडेलले आफ्नो उपचारमा लागेको खर्च आफैं व्यहोर्न चाहेको जनाएको हो।

शिक्षण अस्पतालमा उपचारका क्रममा स्वास्थ्यमा सुधार नदेखिएपछि चिकित्सकको सल्लाहअनुसार राष्ट्रपति पौडेलको भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गरिएको थियो। उपचारपछि उनी वैशाख १७ गते साँझ स्वदेश फर्किएका थिए।

विकसित हुँदै गरेको समाचार :-

clock मङ्गलबार १९, बैशाख २०८० १२:५५

प्रतिक्रिया