धनगढीमा क्यान्सर परीक्षण शिविर लाग्ने

  मङ्गलबार ०१, जेठ २०८१ १६:२९

धनगढी । धनगढीमा क्यान्सर परीक्षण शिविर लाग्ने भएको छ।

धनगढी उपमहानगरपालिका र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको समन्वयमा जेठ ११ र १२ गते क्यान्सर परीक्षण शिविर लाग्ने भएको हो। क्यान्सर परीक्षण शिविर यो पटक उपमहानगरको दुई स्थानमा लाग्ने भएको छ।

जेठ ११ गते शुक्रवार धनगढी–१२ जुगेडाको नवदुर्गा आधारभूत विद्यालय र १२ गते शनिवार वडा नम्बर ११ को सहरी स्वास्थ्य केन्द्र घोडसुवामा शिविर लाग्ने उपमहानगरले जनाएको छ। 

शिविरमा विभिन्न  क्यान्सरको चेकजाँच र परीक्षण गरिने छ। ३० वर्ष माथिका महिलाको पाठेघरको सम्भावित क्यान्सरको निःशुल्क चेकजाँच हुने उपमहानगरले जनाएको छ।

clock मङ्गलबार ०१, जेठ २०८१ १६:२९

प्रतिक्रिया