कञ्चनपुरमा सिकलसेलको निःशुल्क स्वास्थ्य शिविर

  सोमबार ३१, बैशाख २०८१ ०६:१७

कञ्चनपुर । कञ्चनपुरमा सिकलसेल भएकाको निःशुल्क स्वास्थ्य चेकजाँच शिविर सञ्चालन गरिएको छ। उक्त स्वास्थ्य शिविरबाट ७१ जना लाभान्वित भएका छन्।

जिल्लाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा सिकलसेल र थालासेमियाका बिरामीहरूका लागि शुक्रवार र शनिवार शिविर सञ्चालन गरिएको थियो। 

बेलौरी नगरपालिकाको आयोजना तथा इशान मेमोरियल अस्पतालको सहकार्यमा सञ्चालित शिविरमा ४६ महिला र २५ पुरुष गरी ७१ जना बिरामीले सेवा लिएको अस्पतालका सूचना अधिकारी मदन भण्डारीले बताए।

उनले सिकलसेल तथा थालासेमिया पोजेटिभ बिरामीहरूलाई निःशुल्क रगत जाँच गरी विशेषज्ञ चिकित्सकद्वारा चेकजाँच तथा औषधी वितरण गरिएको बताए।

clock सोमबार ३१, बैशाख २०८१ ०६:१७

प्रतिक्रिया