प्रेस चौतारी कैलालीद्धारा ९ बुँदे घोषणापत्र जारी, पत्रकारको सदस्यता सुद्धिकरण गर्न आग्रह

  आइतबार १७, बैशाख २०८० ०८:५७

धनगढी । प्रेस चौतारी कैलालीले पत्रकारहरुको सदस्यता सुद्धिकरण गर्न नेपाल पत्रकार महासंघसँग आग्रह गरेको छ । शनिबार बर्दगोरिया गाउँपालिकाको बौनियाँमा सम्पन्न भएको प्रेस चौतारीको जिल्ला परिषद् बैठकले ९ बुँदे घोषणापत्र जारी गर्दै पत्रकारको सदस्यता सुद्धिकरण गर्न नेपाल पत्रकार महासंघ कैलालीसँग आग्रह गरेको हो ।

‘क्रियाशिल र श्रमजिवी पत्रकारको छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरण गर्न यो बैठक आग्रह गर्दछ । साथै राजनीतिक आग्रह पुर्वाग्रह भन्दा माथी उठेर छाता संगठनको गरिमा कायम बढाउने गरि भुमिका निर्वाह गर्न पत्रकार महासँघलाई यो बैठक आग्रह गर्दछ,’ जारी घोषणा पत्रको पहिलो बुँदामा भनिएको छ ।

बैठकले श्रमिजवी पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाको ग्यारेण्टी गर्न, श्रमजिवी पत्रकारलाई समयमै पारिश्रमिक उपलव्ध गराउन समेत सम्बद्ध निकायलाई आग्रह गरेको छ ।

प्रेस क्षेत्रमाथी बिभिन्न प्रकारले भइरहेका आक्रमणले संविधान प्रदत्त प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रता कमजोर हुदै गईरहेको ठहर गर्दै बैठकले प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्ताको रक्षा र ग्यारेन्टी गर्न सवैमा आह्वान समेत गरेको छ ।

घोषणा पत्रमा गेटामा मेडिकल कलेजका लागी निर्माण भएका अर्वौका संरचना प्रयोग बिहिन भइरहेकाले कार्यविधी सिघ्र मेडिकल बिश्वविद्यालय संचालन गर्न, उत्तरतर्फ चिन र दक्षिण तर्फ भारतसँग जोड्ने सेतीलोक मार्ग निर्माणको कार्य छिटो सम्पन्न गर्न पनि आग्रह गरिएको छ ।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आथित्यतामा सम्पन्न भएको जिल्ला परिषद् बैठकमा प्रेस चौतारीका केन्द्रीय तथा प्रदेशका नेताहरुको सहभागिता रहेको थियो । बैठकको उद्घाटन सत्रमा प्रेस चौतारी कैलालीले प्रकाशन गरेका भित्तेपात्रो विमोचन गरिएको थियो ।

बैठकमा समाजवादी प्रेस संगठन कैलालीका उपाध्यक्ष गगन कठायत र प्रेस युनियनका गोविन्द बिसी प्रेस चौतारीमा प्रवेश गरे । उनीहरुलाई केन्द्रीय अध्यक्ष बस्नेतले संगठनमा स्वागत गरेका थिए ।

clock आइतबार १७, बैशाख २०८० ०८:५७

प्रतिक्रिया