कैलालीको अत्तरियामा‌ खुल्यो सुदुरपश्चिम डेन्टल हस्पिटल, एक महिना निःशुल्क चेकजाँच गरिने

  शनिबार १५, बैशाख २०८१ १३:३८

अत्तरिया । सुदुरपश्चिम प्रदेशको प्रवेशद्वार कैलालीको अत्तरियामा‌ सुदुरपश्चिम डेन्टल हस्पिटल सञ्चालनमा आएको छ ।

लामो समयदेखी दन्त चिकित्सा क्षेत्रमा कार्यरत डा. अच्युत भट्ट र डा. रोशन भट्टको समूहले अत्याधुनिक सेवा सुविधा‌ सम्पन्न उपकरण सहितको डेन्टल हस्पिटल सञ्चालनमा ल्याएका हुन् ।

एक महिना सम्म निःशुल्क चेकजाँच गर्ने गरि सेवा सुचारु गर्नुका साथै हरेक उपचारमा २० प्रतिशत छुट गरिएको अस्पतालका डा. रोशन भट्टले बताए ।

अत्तरियाको चोक नजिकै धनगढी रोडमा रहेको डेन्टलमा अत्याधुनिक डेन्टल चियर, स्टेरिलिसेसन मेसिन, एक्सरे मेसिन लागायतका उपकरणबाट दन्त चिकित्सक र दन्त विशेषज्ञहरुबाट चौबिसै घण्टा सेवा दिन शुरु गरिएको छ ।

अस्पतालले दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, बाङोटिङ्गो दाँत मिलाउने, दात जरै देखि भर्ने, दुर्घटनामा परेका बिरामीको मुख सम्बन्धि जटिल शल्यक्रिया लगायत दाँत र मुख सम्बन्धि सम्पुर्ण उपचार गरिने डा. भट्टले बताए ।

उनका अनुसार हाल १५ शैयाको हस्पिटल सञ्चालनमा आएको र निकट भविष्यमा प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद बाट सम्बन्धन प्राप्त गरि अन्य कार्यक्रम सञ्चालन गर्ने योजना समेत रहेको छ ।

clock शनिबार १५, बैशाख २०८१ १३:३८

प्रतिक्रिया