धनगढीमा निशुल्क क्यान्सर राेग परिक्षण शिविर आयाेजना हुने

  सोमबार ०६, चैत २०७९ १४:५५

धनगढी । कैलालीकाे धनगढीमा निशुल्क क्यान्सर राेग परिक्षण शिविर आयाेजना हुने भएकाे छ । 

धनगढीकाे चटकपुरमा रहेकाे स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिमा शिविर आयाेजना हुने भएकाे हाे ।

नेपाल अर्बुद राेग निवारण संस्था धनगढी कैलालीको आयाेजना तथा नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश र कैलाली उद्योग बाणिज्य सघकाे सहयाेगमा शिविरकाे आयाेजना हुन लागेकाे हाे । 

स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिका प्रबन्धक महेश जाेशिका अनुसार मंगलबार बिहान ९ बजेबाट शिविरकाे आयाेजना हुन बताए ।

 

clock सोमबार ०६, चैत २०७९ १४:५५

प्रतिक्रिया