सैपाल ग्याँसका ग्राहकलाई सजिंबनी अस्पतालमा बिषेश छुट

  सोमबार १०, बैशाख २०८१ ०९:४०

धनगढी । सैपाल ग्याँसका ग्राहकहरुले सजिंबनी अस्पतालमा उपचार गराउँदा बिषेश छुट पाउने भएका छन् । राष्टबैकं चोकमा रहेको अस्पतालमा उपचार गराउँदा छुट दिने गरी सैपास ग्याँस संग सम्झौता भएको हो । 

अस्पतालका मेडिकल डाइरेक्टर डा. अमृतराज जैशी र सैपाल ग्याँसका प्रबन्धक सगंम भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डा.जैशीले सैपाल ग्यासँका ग्राहकहरुलाई १० देखी ४० प्रतिशतसम्म छुट दिने गरी सहमती भएको बताए । अस्पतालले बिषेशज्ञ सेवा सहित सेवालाई बिस्तार गरिरहेको छ ।

सैपाल ग्याँसका ग्राहकहरुले सजिंबनी अस्पतालबाट उपचारमा छुट सेवा लिनका लागी ग्राहक कार्ड बनाउनुपर्ने ग्याँसका प्रबन्धक सगंम भण्डारीले बताए । ग्याँस कम्पनिले डिलरहरुलाई कार्ड उपलब्ध गराउने र ग्राहकहरुले डिलरहरुबाट छुट कार्ड लिनुपर्ने उनले बताए ।

clock सोमबार १०, बैशाख २०८१ ०९:४०

प्रतिक्रिया