शिक्षामा लगानी बढाउनुपर्ने मागसहित मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र

  शुक्रबार १५, बैशाख २०८० १४:१०

धनगढी । शिक्षामा लगानी बढाउनुपर्ने माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाईएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र बुझाएको हो । 

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहले शिक्षा क्षेत्रको सुधारका लागि विशेष प्राथमिकताका साथ लगानी गर्ने बताए । उनले शिक्षा क्षेत्र महत्वपूर्ण भएकाले सो क्षेत्रमा सुधार गर्न आवश्यक अध्ययन गरिरहेको जनाएका छन् ।

ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय प्रतिबद्धता र संवैधानिक दायित्व पूरा गर्नुपर्ने, समतामूलक समाज निर्माण गर्नुपर्ने, भौतिक पूर्वाधार सुधार्नुपर्ने र प्राविधिक शिक्षामा जोड दिनुपर्ने उल्लेख गरिएको छ ।

उक्त अभियानका संयोजक हेमराज जोशीले सरकारलाई शिक्षामा लगानी बढाउनुका लागी आग्रह गरे ।

clock शुक्रबार १५, बैशाख २०८० १४:१०

प्रतिक्रिया