रवि र स्वर्णिमले लिए सांसदको शपथ

  शुक्रबार १५, बैशाख २०८० १३:५०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीहरुलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका थिए ।

clock शुक्रबार १५, बैशाख २०८० १३:५०

प्रतिक्रिया