गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

  बिहिबार १४, बैशाख २०८० १७:३९

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेशप्रमुखबाट भएको आह्वान अनुसार पाण्डेले दाबी पेस गरेका थिए। 

कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको हस्ताक्षरसहित सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए ।

पाण्डेले शपथ भने शुक्रबार मात्र लिनेछन् ।

clock बिहिबार १४, बैशाख २०८० १७:३९

प्रतिक्रिया