जेनियम ऐकेडेमीका विद्यार्थी र अभिभावकले स्वस्तिक हस्पिटलमा उपचार गराउँदा छुट पाउने

  आइतबार २५, चैत २०८० १७:२८

धनगढी । जेनियम ऐकेडेमी घोडाघोडी–१० पहलमानपुर, कैलालीमा अध्ययनरत विद्यार्थी र अभिभावकहरूले धनगढीको सहिद गेट स्थित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.ली. (स्वस्तिक अस्पताल) मा उपचार गराउँदा छुट पाउने भएका छन् । आईतबार जेनियम ऐकेडेमी पहलमानपुर र स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.ली. धनगढीबिच अस्पतालले दिने उपचार सेवामा छुट दिने गरी सम्झौता भए सँगै उक्त सेवा प्रदान गरिने भएको हो ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा।लि का सञ्चालक दिपेन्द्र प्रसाद तिवारी र जेनियम ऐकेडेमी पहलमानपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र बहादुर सिंहले हस्ताक्षर गर्नु भएको हो ।

सम्झौता सँगै आजका मितिबाट स्वस्तिक हस्पिटलले जेनियम ऐकेडेमीमा अध्ययनरत विद्यार्थी, अभिभावक, विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका तथा अन्य कर्मचारी सबैले जुनसुकै प्रकारको अपरेसनमा १० देखी १५ प्रतिशत छुट, डाईग्नोष्टिकमा १५ प्रतिशत छुट, ल्याब, एक्स-रे, ईसिजी, युएसजी, इको, टिएमटी, एबीपी, हल्टर, फिजियोथेरापी, बेड चार्जमा पनि १५ प्रतिशत छुट र सबै प्रकारका औषधीहरूमा ७ प्रतिशत छुट सेवा प्रदान गरिने अस्पतालका तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गर्दै सञ्चालक तिवारीले जानकारी दिनुभयो ।

यस्तै, छुट सेवा प्रदान गरेकोमा अस्पताल परिवारलाई धन्यवाद ज्ञापन गर्दै जेनियम ऐकेडेमीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिंहले सेवा लिनको लागी अस्पतालले प्रदान गरेको परिवार सदस्यता कार्ड, विद्यालयले प्रदान गरेको परिचय पत्र अथवा विद्यालयमा मासिक शुल्क तिरेको रसिद ल्याई बिरामी स्वयम अस्पतालमा उपस्थित हुनु पर्ने प्रावधान रहेको र अन्य थप जानकारीको लागी विद्यालयको प्रशासनमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

स्वस्तिक अस्पताल धनगढीले अस्पतालमा हुने सबै खाले उपचार गराउँदा मौसमको अवस्थाको आधारमा चिसो तातो ९एसी० जडित संरचनाबाट सेवाहरू प्रदान गरिँदै आएको छ । 
त्यस्तै, सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय एवं बेसहारा प्रमाणित व्यक्तिहरूका लागी बेड मार्फत निःशुल्क उपचार सेवा प्रदान गर्नुका साथै मात्र एक हजार रुपैयाँमा परिवार स्वास्थ्य प्याकेज र सात हजार पाँच सय रुपैयाँमा होलबडी चेकजाँच सेवा सँगै विभिन्न प्रकारका सुविधा सम्पन्न क्याबिनको व्यवस्था गर्दै मानव स्वास्थ्यमा आउने हरेक समस्याको निदान गर्दै आइरहेको जनाईएको छ ।

clock आइतबार २५, चैत २०८० १७:२८

प्रतिक्रिया