एसपीए कलेजमा ५० भन्दा बढी देशमा प्रयोग हुने प्रशिद्ध प्रविधिद्वारा पढाई हुने

  बुधबार २१, चैत २०८० १४:१७

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी ९एसपीए० कलेजमा विश्वका ५० भन्दा बढी देशमा प्रयोग हुँदै आएको प्रविधिद्वारा अध्ययन अध्यापन हुने भएको छ ।

आधुनिक प्रविधिमैत्री शिक्षाका लागि एसपीए कलेजले आइएनजी ग्रुपको माइ सेकेन्ड टिचरसँग सहकार्य गर्ने भएको छ । एसपीएका प्रबन्ध निर्देशक सुवाश शाही र इनोभेट नेपाल ग्रुप ९आइएनजी ग्रुप०का अध्यक्ष सुलभ बुढाथोकीले बुधवार उक्त समझदारी पत्रमा हस्ताक्षर गरे ।

अध्ययन अध्यापनमा ५० बढी देशका ९ हजार भन्दा बढी विद्यालयहरू र विश्वका प्रशिद्ध क्याम्ब्रिज स्कुलहरू माइसेकेन्ड टिचरको नवीनतम प्रविधि प्रयोग भइरहेको छ । सोही प्रविधिलाई आइएनजी ग्रुपसँगको सहकार्यमा एसपीएले पनि भित्र्याएको हो ।

समझदारीसँगै यस खाले आधुनिक प्रविधि भित्र्याउने एसपीए सुदूरपश्चिममा पहिलो कलेज बनेको छ । अब विद्यार्थीहरूले युग सुहाउँदो आधुनिक शिक्षाका लागि काठमाडौँ र देशबाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको एसपीएका प्रबन्ध निर्देशक सुवाश शाहीले बताए ।

ुुहामी हाम्रा विद्यार्थीहरूको लागि सिकाइ अनुभव वृद्धि गर्न माइ सेकेन्ड टिचरसँग साझेदारी गर्न पाउँदा हर्षित छौँ । यस सम्झौताले अब विद्यार्थीहरूसँग शैक्षिक सामग्रीहरूको विस्तृत सङ्ग्रह, एनइबीका पाठ्यक्रम र शीर्ष स्तरको शैक्षिक व्यवस्थापन प्लेटफर्म उपलब्ध हुनेछ । यो सहकार्यले सुदूरपश्चिम क्षेत्रमा शिक्षामा क्रान्ति ल्याउने हाम्रो शिक्षामा हामी एक कदम अघि बढेका छौँ । हामी धेरै खुसी छौँ कि अब हाम्रा विद्यार्थीहरू गुणस्तरीय शिक्षाका लागि न काठमाडौँ, न  देश बाहिर नै जानुपर्छ,”  शाहीले भने ।

आईएनजी ग्रुप एसपीएको पाठ्यक्रम र प्रविधि पार्टनरका रूपमा रहनेछ । अब देखि एसपीएका हरेक कक्षाकोठामा एक जना मानवीय र एक जना प्राविधिक शिक्षक गरी दुई जनाले विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराउनेछन् । विद्यार्थीहरूले चाहेका बेला जहाँ र जतिसुकै बेला पनि प्राविधिक शिक्षक उपलब्ध हुनेछन् ।

ुएकसाथ, हामी विद्यार्थीहरूलाई शैक्षिक रूपमा सफल हुन आवश्यक पर्ने स्रोतहरूद्वारा सशक्तीकरण गर्ने र उनीहरूको पूर्ण क्षमता प्रस्तुत गर्ने लक्ष्य राख्छौँ ।ु इनोभेट नेपाल ग्रुपका अध्यक्ष तथा माईसेकेन्ड टिचरका सह(संस्थापक सुलभ बुढाथोकीले भने ।

समझदारी बमोजिम माइ सेकेन्ड टिचरले एसपीए कलेजलाई सुदूरपश्चिम प्रदेशको पहिलो स्मार्ट कलेजका रूपमा स्थापित गरेको बुढाथोकीले बताए । यो समझदारीसँगै उच्च गुणस्तरीय शैक्षिक स्रोतहरू र नवीन शिक्षण विधिहरूमा विद्यार्थीहरूको पहुँच बढ्ने विश्वास अध्यक्ष बुढाथोकीले व्यक्त गरे ।

clock बुधबार २१, चैत २०८० १४:१७

प्रतिक्रिया