बैतडी दार्चुला एकता समाजका सदस्यहरुलाई माया मेट्रो अस्पतालमा छुट

  बुधबार ०७, चैत २०८० ०६:१४

धनगढी । बैतडी, दार्चुला एकता समाज र धनगढीको माया मेट्रो अस्पताल बिच उपचारमा छुट दिने गरी सहमती भएको छ । चैत ४ गते समाज र अस्पताल बिच समाजमा आबद्ध सदस्यहरुलाई उपचारमा छुट दिने गरी सहमती भएको हो ।

गोदावरी नगरपमलिका ५ गेटामा रहेको समाजले आफ्ना सदस्यहरुको उपचारमा छुट दिने उद्देश्य सहित अस्पतालसंग सम्झौता गरेको हो । अस्पतालमा ५ देखी १५ प्रतिशत सम्म छुट दिने समझदारी भएको समाजका सचिव अमर बिष्टले बताए । 

समाजका अध्यक्ष मोहन देव पन्त र अस्पतालका मेडिकल निर्देशक मोहन साउँदले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सदस्यहरुलाई अस्पतालले ल्यावमा १५ प्रतिशत, बेडमा १५, आइसियु वेडमा १०, फारमेसीमा ५ र अन्य बिभिन्न सेवामा १० प्रतिशत छुट दिने गरी सम्झौता भएको सचिव बिष्टले बताए । बिष्टका अनुसार होलीपछि अस्पतालले गेटामा स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने छ ।

clock बुधबार ०७, चैत २०८० ०६:१४

प्रतिक्रिया