निसर्ग डेन्टलमा बिश्व मुख स्वास्थ्य दिवशको अवसरमा चैत १६ गतेसम्म निःशुल्क परीक्षण

  सोमबार ०५, चैत २०८० १७:२८

धनगढी । निसर्ग हस्पिटलको निसर्ग डेन्टल एण्ड म्याग्जेलोफेसियल युनिटले  विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर यहि चैत ६ गतेदेखि १६ गतेसम्म निःशुल्क दन्त परीक्षण र परामर्श गर्ने भएको छ । 

मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग नलाग्ने भएकाले मुख स्वस्थ रहेमात्र अन्य कुरामा पनि स्वस्थ रहन सकिन्छ भन्नेबारे जनमानसमा सचेतना जगाउन र नियमित चेक जाँचको लागि प्रोत्साहन गर्नपनि यो दिवस मनाउन लागेको हस्पिटलकी दन्तरोग बिशेषज्ञ डा.ज्योत्स्ना पौड्यालले बताउनुभयो ।

यस्तै निसर्ग डेन्टल एण्ड म्याग्जेलोफेसियल युनिटले चैत १६ गतेसम्म निःशुल्क ओ.पि.डि सेवा र ६० वर्ष माथिका व्यक्तिलाई सम्पुर्ण दन्त सेवाहरुमा २५ प्रतिशत  सम्म छुटदिईने हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताउनुभयो ।

वल्र्ड डेन्टल फेडरेसनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाइने गरेको छ । ’एउटा स्वस्थ मुख नै स्वस्थ शरीर हो’ भन्ने नारासाथ यस वर्ष यो दिवस मनाइदै छ ।

clock सोमबार ०५, चैत २०८० १७:२८

प्रतिक्रिया